काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफुलाई बिनाकारण जोडेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार ट्रष्टको तर्फबाट श्वेतपत्र जारी गर्दै देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, जनार्द्धन शर्माको पालामा दरबारमार्ग र ताहचलको जग्गा लिजमा दिइएको उल्लेख गरेका थिए।
पूर्वप्रधानमन्त्री देउवाले उक्त विषयमा आफ्नो संलग्नता नरहेको भन्दै अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको बताएका छन् ।
बाँस्कोटा प्रकरणबाट ध्यान मोड्न ट्रष्टको जग्गामा आफुलाई जोडिएको उनले बताएका छन् ।

.gif)


