एम्बुलेन्समै कोरोना सङ्क्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०६-१६ ०७:५४ मा प्रकाशित
Total Shares: 249
काठमाडौं, लहान - कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका– २ का ५५ वर्षीय पुरुष रहेका छन् ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए ।
उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस