काठमाडौं - काठमाडौँको शंखरापुर नगरपालिका ३ स्थित फेरी जंगलमा आज साँझ पिकनिक खाएर फर्किएको बस दुर्घटनामा मृत्यु हुने ४ जना पुगेका छन्। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ४ जनाको मृत्यु भएको र अन्य २२ भन्दा बढी घाइते भएका जानकारी दिए। 

त्यहाँ बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको परिचय खुलिसकेको छैन।

साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सुवेदीले थाहाखबरलाई बताए।

नेचब हर्ब संस्थाका ४० जना जति कर्मचारी उक्त बसमा सवार रहेका जनाइएको छ।