काठमाडौं - संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय भएको छ। सत्ता गठबन्धनले एउटा संसदीय सुनुवाइ समितिको सभापति राप्रपालाई दिने निर्णय गरेको हो।

राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले एउटा संसदीय समितिको सभापति राप्रपालाई दिने सहमति भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समेटेर जान चाहेकोले राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएका हुन्।

संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ। १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन्। कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो। कांग्रेस–माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन्।