एजेन्सी - बलिउड स्टार वरुण धवन आजभोलि शुटिङमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘स्ट्रीट डान्सर थ्रिडी’ २४ जनवरी २०२० मा प्रदर्शन हुनेछ । जसका लागि वरुण एकदमै मिहिनेत गरिरहेका छन् । यसै फिल्मको अभ्यासको क्रममा वरुण घाइते भएका छन् । 

मिडिया रिपोर्ट अनुसार वरुण धवनको घुँडा मर्किएको छ  । उनी फिल्म ‘स्ट्रीट डान्सर थ्रिडी’ को लागि भङ्गडाको एक असजिलो स्टेपको अभ्यास गरेका थिए । 

यसको अलवा उनले स्ट्रीट हिप अपको पनि अभ्यास गरेका थिए । मंगलबार उनी आफ्नो फिल्मका अन्य सहकर्मीसँगै अभ्यास गर्दा घँुडा मर्किएको हो । यसका साथै उनलाई केही दिन आराम गर्न लगाइएको थियो । तर, उनले घाइते रहँदा पनि शुटिङ जारी राखेका छन् ।