एकै घरका पाँचजनालाई खोलाले बगायो
खबर एक्सप्रेस
२०७७-०६-१६ ०९:०३ मा प्रकाशित
Total Shares: 586
काठमाडौं, बाजुरा - बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।
हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएका हुन् । नेपालीसँगै उनका १ ४ र ५ वर्षीया छोरीहरु तथा २ वर्षका छोरा बेपत्ता भएका छन् । उनीहरु नुहाउने क्रममा शुक्रबार दिउँसो बगेर बेपत्ता भएको बताइएको छ ।
अहिले उनीहरुको खोजीका लागि प्रहरी टोली घटनास्थलमा गएको छ । घटनास्थलबाट नजिक पर्ने प्रहरी चौकी बिछियाबाट असई कर्ण बुढा र इलाका प्रहरी कार्यालय बुढीगंगाबाट सई नरेश शाहीको टोली घटनास्थलमा गएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले ती महिला रिसाएर घरबाट निस्किएको बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस