नेप्से घट्दो: ७२ अर्बभन्दा बढीको सेयर कारोबार
काठमाडौं - बुधवार सेयर कारोबार घट्दो क्रममा रहेको छ । कारोबार खुला भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से दुई घण्टामा १४ दशमलव शून्य ९ अंक घटेर १ हजार ४४० दशमलव ८० विन्दुमा झरेको छ ।
यस अवधिसम्म १७६ ओटा कम्पनीको रू ७२ करोड ७९ लाख ७१ हजार बराबरको शेयर कारोबार भएको छ ।
दोस्रो घण्टामा पनि सर्वाधिक रकमको कारोबार नेपाल दुरसञ्चार कम्पनीको भएको छ । उक्त कम्पनीको रू ८ करोड ५९ लाख ७९ हजारको कारोबार भएको छ ।
सबैभन्दा बढी होटल समूहको १ दशमलव ७२ प्रतिशत परिसूचक घटेको हो । घटेको बजारमा जोशी हाइड्रो र युनियन हाइड्रोको शेयरमूल्य भने १० प्रतिशत बढेको छ ।
उक्त अवधिसम्म कारोबारमा आएका ११ ओटा समूहमध्ये वित्त समूहको शून्य दशमलव ७ प्रतिशत परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस