स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर जापानको ओसीसीले किन्ने
काठमाडौं - मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको सेयर जापानको ओसियन केवल एण्ड कम्युनिकेशन ओसीसी कर्पोरेशन ले किन्ने भएको छ ।
स्मार्ट टेलिकमको ओसीसीले बहमुत सेयर १२ अर्ब रुपैयाँमा किनेर प्रवेश गर्न लागेको हो । नेपालमा मोबाइल सेवा प्रदायक कम्पनीमा तेस्रो बजार हिस्सा स्मार्ट टेलिकम ले ओगटेको छ । असार मसान्तभित्रमा स्मार्टले आफुले बुझाउनुपर्ने रोयल्टी नबुझाएमा स्मार्टको लाइसेन्स सरकारको स्वामित्वमा जाने छ ।
स्मार्टका लगानीकर्ताले सूचना तथा संचार मन्त्रालयमा जापानको ओसीसी कर्पोरेशनले सेयर किन्ने विषयमा जानकारी दिएको छ । स्मार्ट टेलिकमको ८० प्रतिशत सेयर किन्ने विषयमा २ महिना अगाडि नै सम्झौता भएको हो ।
ओसीसी नेपालमा सिधै नआएर दुबई मार्फत आउने भएको हो । २० प्रतिशत सेयर नेपाली लगानीकर्ताको रुपमा स्मार्टको अहिलेका लगानीकर्ता नै हुने छन । टेलिकममा ८० प्रतिशतसम्म मात्र विदेशी लगानी ल्याउन पाइन्छ । २० प्रतिशत लगानी नेपाली लगानीकर्ताको हुनुपर्ने व्यवस्था छ ।
रकम दिएपछि स्मार्टको सरकारलाई बुझाउनुपर्ने बक्यौता भने अहिलेको लगानीकर्ताले तिर्ने छ । स्मार्टको बैंकको ऋणको स्वामित्व भने नयाँ लगानीकर्तामा जाने छ ।
फेसबुक पेज Like गर्नुहोस