दल दर्ताको लागि निर्वाचन आयोग पुगे राजपा र समाजवादीका नेता
काठमाडौं - बुधबार राति पार्टी एकता भएसँगै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टी एकताको बारेमा जानकारी गराउनको लागि दुई दलका नेताहरु आयोग कार्यालय पुगेका हुन् ।
दुई पार्टीबिचको सहमति अनुसार नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको हो ।
पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बिचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भए अनुसार बिहीबार दल दर्ताका लागि जाने तयारी भएको हो ।
पार्टीका नेताहरुमात्रै आोग पुगेका हुन् । लकडाउनको समय भएको कारणले गर्दा भिडभाड नहुने गरी दल दर्ताको लागि उनीहरु आयोग पुगेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस