सुन चाँदीको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७६-११-०१ ११:०० मा प्रकाशित
Total Shares: 309
काठमाडौं - अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन बिहीबार तोलामा ३ सयले बढेर ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले बढ्दै ७५ हजार ७ सय पुगेको महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढ्दै ८ सय ८० पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस