काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ४३ नमुना परीक्षणका क्रममा ९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४०० रहेको छ ।