काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पद बहाली गरेका छन् ।

सोमवार गोल्छाले महासंघको १९ औं अध्यक्षका रूपमा पदबहाली गरेका हुन् । 

पद वहाली पश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधन सहित निर्देशन दिएका छन् । गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए ।

उनले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि बताए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला(नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीलगायतको उपस्थिति रहेको थियो।