फेरि बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७६-११-०४ ११:०० मा प्रकाशित
Total Shares: 311
काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ७६ हजारमा कारोबार भएको सुनको मूल्य आज ७६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज ७६ हजार २ सय रुपैयाँ पुगेकाे छ ।
त्यसैगरी चाँदीको भाऊ पनि आज बढेको छ । शुक्रबार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ८ सय ८५ रुपैयाँ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस