आजको मौसम-पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७९-०७-१९ ०८:२० मा प्रकाशित
Total Shares: 275
काठमाडौं - देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहको छ । आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ ।
बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस