काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । आइतबार बसेको नेकपा सचिवालयको बैठक पश्चात नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको बुधबार शिक्षण अस्पताल काठमाडौंमा मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए ।
१२ वर्षअघि भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेकाका प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छोडेपछि नियमित डायलासिस गरेका थिए।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउँदै प्रवक्ता श्रेष्ठले भने, ‘सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ।’
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने
खबर एक्सप्रेस
फाल्गुन १८, २०७६
५४२


.gif)

