प्रतिनिधिसभा विघटनपछि राजनीतिक दलका नेता र संविधानविद्सँग परामर्शमा सभामुख सापकोटा
खबर एक्सप्रेस
२०७८-०२-०८ १०:३० मा प्रकाशित
Total Shares: 408
काठमाडौं - सभामुख अग्नि सापकोटा प्रतिनिधिसभा विघटनको विषयमा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा जुटेका छन् ।
शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसपछि शनिबार बिहानैबाट सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेका हुन् ।
छलफलपछि सभामुख सापकोटाले शनिबार नै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस