काठमाडौं - राजधानीमा आपराधिक गतिविधि फैलाउँदै आएका गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गुरुङसहित ४७ जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई नागरिक र व्यवसायीहरूलाई धम्क्याउने, डरधम्की दिने तथा आपराधिक गतिविधि फैलाउने काममा संलग्न देखिएपछि पक्राउ गरिएको परिसरले जनाएको छ ।

यसअघि बुधबार राति अर्का चर्चित गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइ पनि पक्राउ परेका थिए ।

पछिल्लो समय राजधानीमा बढ्दै गएका आपराधिक गिरोह नियन्त्रणका लागि प्रहरीले कडाइ थालेको हो ।