विराटनगर - विराटनगर महानगरपालिकाले भोलि (मंगलबार)देखि अनिश्चितकालीन 'लकडाउन' गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले कोरोना भाइरस (कोभिड- १९)को संक्रमणबाट सतर्क रहन लकडाउनको घोषणा गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए । उनले भने, ‘‘जनताको स्वास्थ्यलाई ख्याल गर्दै र कोरोनाको सम्भावित संक्रमण रोक्न लक डाउनको निर्णय गरिएको हो ।’’

यसक्रममा बजार क्षेत्रदेखि चोकसम्म महानगरले सुक्ष्म निगरानी गर्नेछ । मेयर पराजुलीले अत्यावश्यक सेवा औषधी उपचार तथा दैनिक उपभोग्य दुध, पानी, सरसफाई, खाद्यान्न लगायतका पसललाई भने बन्द नगरिने जानकारी दिए ।