प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको आज चौथो दिन, स्वास्थ्यमा राम्रो सुधार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज चौथो दिन प्रधानमन्त्री स्वास्थ्यमा राम्रो सुधार भैरहेको, भिटाल र ल्यावका सुचकांकहरु पनि सामान्य अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिए । प्रधानमन्त्री ओलीलाई सामान्य हिँडडुल गराउन थालिएको पनि उनले बताए ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू को मृगौला प्रत्यारोपण गरिएको आज चौथो दिन उहाँको स्वास्थ्यस्थितिमा राम्रो सुधार भैरहेको छ । उहाँलाई लष्वउ खाना दिन थालिएको छ । र, सामान्य हिंडडुल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको छ ।’
यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दिने उनकी भान्जी समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
अस्पतालद्वारा जारी विज्ञप्तिः
फेसबुक पेज Like गर्नुहोस