काठमाडौं - ७० करोड कमिसन प्रकरणमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।

बिहीबार अपरान्ह ट्विट गर्दै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको जानकारी दिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले यसअघि नै उनले राजीनामा दिएको अनौपचारिक जानकारी संसदलाई गराइसकेका छन्।