थप एक हजार ७४१ जनामा कोरोना पुष्टि, कति निको भए ?
खबर एक्सप्रेस
२०७७-०७-१० ०७:५३ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस