ललितपुर - पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ माल्टास्थित दोबाटोमा बिहीबार दिउँसो साढे १२ बजे पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो ।

प्रहरीका अनुसार पहिरो झरिरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन । 

सडक बन्द भएपछि दुवैतर्फ सवारीसाधनको लाम लागेको प्रहरीले जनाएको छ ।

यता, ललितपुरबाट कोन्ज्योसोमतर्फ जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ ।