काठमाडौं - देशभर हिजो बेलुकादेखि नै झरी परिरहेका बेला ताप्लेजुङको मेरिङदेन गाउँपालिक–३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेका छन् । आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ कंचनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ । उक्त ठाउँमा करिब ५० घर धुरी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगोलागि नियन्त्रणमा लिने प्रयास भइरहेको छ। 

आगो निभाउन निभाउन दमकल प्रयोग गरिएको उनको भनाइ छ।