काठमाडौं - भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले तोकेको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १२० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ को निर्वाचनमा भाग लिनका लागि यही मंसिर १ गतेदेखि १४ गतेसम्म ती दलले दर्ताको निवेदन पेश गरेका हुन् ।

आयोगमा दर्ता भएका १४३ वटा दलमध्ये २३ वटाले भने निवेदन दिएनन् । जेनजी आन्दोलनपछि २५ वटा नयाँ दल दर्ता भएकोमा सबैले चुनावका लागि दल दर्ता नगराएको आयोगले जनाएको छ ।