काठमाडौं - वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर १२ सांसदले समाजवादीमा रहेको भन्दै सनाखत गरेका हुन् । 

१२ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

नेकपा एस रोज्ने सांसदहरू:-

राजेन्द्र पाण्डे

राजेन्द्रमान श्रेष्ठ

लक्ष्मण लम्साल

बसुन्धरा हुमागाईं

रमा आले मगर

बसन्त मानन्धर

कुसुम कार्की

पार्वती सिलवाल

इन्द्रमाया गुरुङ

मुनु सिग्देल

माधव पौडेल

कृष्ण खनाल