थप ७ जनामा देखियो कोरोना
खबर एक्सप्रेस
२०७७-०२-०७ ०९:१३ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश नम्बर १को मुख्यमन्त्रीको कार्यालयका अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना पुष्टि भएको हो ।
यसअघि बुधबार नै बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना गरी २५ जनामा संक्रमण देखिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । दुई जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस