काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घट्दै तोलामा ८७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

.gif)


