अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७७ फिर्ता लिने विषयमा सहमति जनाएका छन्।
बिहीबार बिहान प्रधानमन्त्री निबास बालुवाटारमा प्रधानमन्त्री र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो परामर्शपछि अध्यादेश फिर्ता लिने विषयमा सहमति जुटेको हो।
अध्यादेश फिर्ता नगर्दा पार्टीभित्र र बाहिर ठूलो विवाद सृजना हुने भएकाले फिर्ता लिन सहमति जुटेको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘अध्यादेश फिर्ता गर्नु पर्छ भनेर हामीले भन्दै आएका थियौं। बिहान अध्यक्षद्वयको भेटघाट भएको रहेछ। प्रधानमन्त्रीज्यूले विधेक फिर्ता गर्छु भन्नुभएछ’, खनालले भने, ‘अब प्रक्रियागत रुपमा अध्यादेश फिर्ता हुने प्रक्रियामा जान्छ।’
फेसबुक पेज Like गर्नुहोस