काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री आलिया भट्टले छोरीलाई जन्म दिएकी छिन् । यस अवसरमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्म आलिया–रणवीरलाई  शुभकामना दिइरहेका छन् । आलियालाई आइतबार बिहान मुम्बईको एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । 

सामाजिक सञ्जालमा आलियाले बच्चाको आगमनको आधिकारिक घोषणा गरिन् । आलियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘हाम्रो जीवनको सबैभन्दा राम्रो खबर आएको छ । हाम्रो बच्चा यस संसारमा आएको छ र उनी एक अद्भुत केटी हुन्। यो खुशी व्यक्त गर्न गाह्रो छ। हामी एउटै धन्य अभिभावक बनेका छौं। माया, माया, माया आलिया र रणवीर।’

रणवीर र आलियाले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यी दुईको पहिलो भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा भएको थियो । त्यसपछि यो जोडी एकअर्कालाई डेट गर्न थाले। ५ वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुले यसै वर्ष विवाह गरेका हुन् ।