चौरजहारी घटनाबारे जनार्दन शर्मा बोल्दै गर्दा कांग्रेस सांसदद्वारा होहल्ला
काठमाडौं - नेकपा सांसद जनार्दन शर्माले रुकुम पश्चिम चौरझारीको घटनाको विषयमा तथ्य लुकाएर बोलेको भन्दै संसदमा होहल्ला भएको छ।
शर्माले सभामुखसँग समय माग्दै उक्त घटना राजनीतिक नभएको, कसैको पनि हत्या नभएको टिप्पणी गरेका थिए। शर्माले उक्त घटनामा जाजरकोटबाट आएका व्यक्तिहरुको कसैले वर्वरतापूर्वक हत्या नगरेको बताए। खोलामा पस्दा तीन जनाको ज्यान गएको भन्दै उनले ‘हत्या गर्नेहरुको’ बचाउ गरेपछि प्रमुख प्रतिपक्षका सांसलहरुले होहल्ला गरेका थिए।
रुकुम पश्चिमको चौरझारीका विरबहादुर मल्लको घरमा १८ जना युवा आएको देखेपछि मल्लकी श्रीमतीले छिमेकीहरु बोलाएको र वडाध्यक्षले प्रहरीले खबर गरेको शर्माले जिकिर गरेका थिए। नदीमा सवै युवाहरु हाम फालेको र तीन जनाको लास भेटिएको दाबी शर्माले गरे।
फेसबुक पेज Like गर्नुहोस