जापानी प्रधानमन्त्रीद्वारा भारत भ्रमण रद्द, कारण यस्तो
एजेन्सी - जापानी प्रधानमन्त्री सिन्जो आबेले आइतबारदेखि गर्ने भनिएको भारत भ्रमण रद्द गरेका छन्।
आबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच असमको गुवाहटीमा वार्ता हुने तय थियो। तर, भारतले नागरिकता कानुन संशोधन गरेपछि अहिले असम, त्रिपुरालगायत क्षेत्रमा व्यापक प्रदर्शन भइरहेको छ।
सोही कारण आबेले भ्रमण स्थगित गरेका हुन्।आबेको भ्रमण भविष्यमा दुवै देशका लागि उपयुक्त हुने मितिमा गरिने भारतीय विदेश मन्त्रालयका प्रवक्त रविशकुमारले जनाएका छन्।
बिहीबार बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमिनले अन्तिम समयमा आएर भारत भ्रमण रद्द गरेका थिए। त्यस्तै बंगलादेशी गृहमन्त्री असादुजमन खानले पनि शुक्रबारदेखि हुने भनिएको भारत भ्रमण स्थगित गरेका छन्। भारतको उत्तरपूर्वी राज्यहरुमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा बिहीबार दुई जनाको ज्यान गइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस