रविलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।
कास्की जिल्ला अदालत पोखरामा भइरहेको बहसमा प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो ।
अहिले न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासमा म्याद थपको बहस भइरहेको छ । रविसहित ४ जनलाई अदालतमा उपस्थित गराइएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले फेरि अदालत उपस्थित गराइएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाईलाई अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेलाई प्रहरीले बुटवल, काठमाडौं, पर्सा र चितवनमा लगेर बयान गराइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस