काठमाडौं,पश्चिम रूकुम - भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका- १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ ।

चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी बगेपछि दीपा र उनकी बहिनी गीता दाइलाई बचाउन नदीमा हेलिएका थिए।

केहीबेरमा रामबहादुर र गीताको उद्धार गरिए पनि दीपा बेपत्ता भएकी थिइन् । उद्धार गरिएकी गीताको जाजरकोट जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ। रामबहादुरको उपचार जारी छ।