चरिकोटमा भोका कुकुरलाई खाना खुवाउने अभियान संचालन
राजन बस्नेत, दाेलखा - मैले बुझेको समाज सेवा 'व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितको निम्ति लाग्नु हो' ।
कुकुरलाई आज्ञापालक एवंम् रक्षक मात्र मानिँदैन,विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ। कुकुरले घरको रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ। त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भन्ने गरिन्छ ।
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ। यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्यक्ति या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ, कुकुरको कान पातलो हुन्छ। कुकुर या त सुतेको या हिँडेकै देखिन्छ। यो खाली बसेको कमै मात्रामा देखिन्छ।
दैनिक ज्यालादारी मजदुरहरुले समेत खाना खान समस्या उत्पन्न हुन थालेको अबस्थामा सडक क्षेत्रमा हिड्ने गरेका कुकुरहरुलाई खाना खुवाउने बिषयमा त कसले सोच्ने ?
लकडाउन नहुँदा व्यापारिक सटर खुल्ला हुन्थे, उनीहरुले केही न केही खान पाउँथे, ‘अहिले घरबाट बाहिर निस्कने अवस्था नहुँदा कुकुरहरु भोकभोकै मर्ने स्थिति आएकाले हामीले खाना खुवाउने कार्यको थालनी गरेको हौं ।‘हामीले भोकै मरेका कुकुर पनि फेला पार्यौँ, मलाई साह्रै नरमाइलो लाग्यो, यिनीहरु पनि सास फेर्ने घर पालुवा जनावर हुन्।’
अभियानमा साथ दिनुहुने सामाजिक अभियानता भरत बस्नेत र बिष्णु सिवाकोटी,साबित्री चौलागाईं ज्यूलाई हृदयदेखी धन्यवाद हाम्रो अभियान निरन्तर अगाडि बढ्ने प्रतिबद्ध व्यक्त गर्दछु ।

.gif)



फेसबुक पेज Like गर्नुहोस