टिपरले ठक्कर दिँदा गोर्खामा एकको मृत्यु
गोर्खा - गोर्खामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका-१० स्थित गोरखकाली क्रसर उद्योगको टिपरले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङका मृत्यु भएको हो । एक विद्यालयमा दूध पुर्याउन जाँदै गरेकी तामाङलाई शुक्रबार विहान ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपरले ठक्कर दिएपछि भुइँमा लडेकी मनमायालाई ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी गरेका छन् । घटनापछि आक्रोशित समूहले ठक्कर दिने सो टिपरमा आगजनी गरेका छन् । क्रसर उद्योगका अन्य चार-पाँच वटा टिपरमा तोडफोड पनि गरेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले उक्त क्रसर उद्योग बन्द गराउन र पीडितलाई उचित राहत दिन माग गर्दै शव उठाएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस