रवि लामिछानेलाई नक्खु कारागार लगियो
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागार लगिएको छ।
रूपन्देहीबाट काठमाडौँ विमानस्थलबाट कारागारतर्फ लगिएको हो। लामिछानेका समर्थक त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।
रूपन्देही कारागारमा रहेका उनलाई जेल सरुवा गरेर अपराह्न ५ बजे काठमाडौँ ल्याइएको हो। बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा थिए।
उनले गत जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले उनलाई काठमाडौँ सार्न अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको असुरक्षा रहेको बताएपछि सरकार उनलाई काठमाडौँ सार्न तयार भएको हो। लामिछानेलाई स्वागत गर्नका लागि पत्नी निकितासहित समर्थकहरू भीड विमानस्थलमा जम्मा भएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस