प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार बोलाए
खबर एक्सप्रेस
२०७७-०१-१२ ०३:४५ मा प्रकाशित
Total Shares: 474
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग परामर्श बैठक तय गरेका छन् ।
प्रधानमन्त्री ओलीले सभापति देउवालाई छलफलका लागि दिउँसो ३ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आज मात्रै बसेको मन्त्रिपरिषद बैठकले यसअघि जारी दुई विवादास्पद अध्यादेश फिर्ता लिने निर्णय पनि गरिसकेको छ । अध्यादेश खारेजीको प्रक्रिया प्रारम्भ भएसँगै प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट्न लागेको स्रोतले बताएको छ ।
विपक्षी तथा नेकपाकै नेताहरुकाे चर्को आलोचनापछि आफ्नाे निर्णयबाट सरकार पछि हटेकाे थियाे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस