काठमाडौं - काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्धमा प्रदर्शन भएको छ ।

स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना’, ’नेपाली भूमि मिच्न पाइँदैन’, ‘चिनियाँ विस्तारवाद मूर्दावाद’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।