बैतडी - बैतडीमा मरेको कुखुराको मासु खादा १ जनाको मृत्यु भएको छ भने अन्य ९ जाना विरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु खादा बैतडीको पुचार्एैडी नगरपालिका २ का १५ बर्षीया पुष्पा पार्कीको मृत्यु भएको हो भने अन्य परिवारका सदस्य ९ जना बिरामी भएका हुन् ।

७० बर्षीय पार्वती पार्की, ३५ बर्षीय जानकी पार्की, ३३ बर्षीया गंगा पार्की, ८ बर्षीय राकेश पार्की, १२ बर्षीय मनोज पार्की, १० बर्षीय रमेश पार्की, ६ बर्षीय भुवन पार्की, ६ बर्षकै रुपेश पार्की त्यसैगरी ४ बर्षीय सपना पार्की बिरामी परेका वडा अध्यक्ष गणेश गडालले जानकारी दिए ।

बिरामी परेकाहरुको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले बताए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएका छन् ।