नेकपा केन्द्रीय कमिटी बैठक स्थगित
खबर एक्सप्रेस
२०७६-०९-२१ ११:०० मा प्रकाशित
Total Shares: 681
काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को २३ पुसमा बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको नेकपा सचिवालय बैठकले २३ पुसमा बस्ने बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटी बैठक १५ माघमा बस्ने सचिवालय बैठकले निर्णय गरेको छ ।
नेकपा केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख सूर्य थापाले राष्ट्रिय सभाको निर्वाचनमा जुट्नुपर्ने भएकाले केही दिनपछि बैठक गर्ने निर्णय भएको बताए ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस