सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर बुस्ट गरे कारबाही हुने
काठमाडौं - सरकारले सामाजिक सञ्जालमा विदेशी मुद्रा खर्च गरेर गरिने विज्ञापनमा कडाइ गरिने बताएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक जिज्ञप्ती जारी गर्दै फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा ‘बुस्ट’ गरेर विज्ञापन गर्दा अवैधानिक तरिकाले भुक्तानी हुने कार्य गैरकानूनी भएकोले त्यसरी विज्ञापन नगर्न सचेत गराएको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापन वापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो ।’
यसरी भुक्तानी गरे विदेशी विनिमय (नियत गर्ने) ऐन अनुसार कारबाही हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिए ।
विज्ञप्तीः
फेसबुक पेज Like गर्नुहोस