वुहानबाट नेपाली ल्याउने जहाजका पाइलट पनि क्वारेन्टाइनमा बस्नुपर्ने
खबर एक्सप्रेस
२०७६-११-०२ ११:०० मा प्रकाशित
Total Shares: 321
काठमाडौं - चीनको वुहान शहरबाट नेपाली नागरिकको उद्वार गरी ल्याउने जहाजका पाइलट पनि क्वारेन्टाइनका बस्नुपर्ने भएको छ ।
सरकारले पाइलटलाई पनि क्वारेन्टाइनमा राख्न भनेको हो । कोरोनाभाइरसको सम्भावित संक्रमण खतरालाई मध्यनजर गर्दै जहाजका पाइलटसहित सबै उडानदलका सदस्यलाई क्वारेन्टाइनमा राखिन लागिएको हो ।
चीनमा रहेका नेपालीलाई आइतबार नेपाल ल्याइदै छ । चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली विद्यार्थी जम्मा पार्ने तयारी थालेको छ।
चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो।
फेसबुक पेज Like गर्नुहोस