काठमाडौं - पछिल्लो समय राजतन्त्रको पक्षमा देशभर प्रदर्शन हुने क्रम जारी रहेको छ । उक्त प्रदर्शनमा हजारौँ मानिसहरु सामेल भइराखेका पनि छन् । उक्त विषयलाई लिएर पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रश्न गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, 'ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४० वर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२  वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?'