काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुने भएको छ । बिहान १० बजेबाट बन्दसत्र सुरु हुनेछ ।

त्यसअघि, बन्दसत्रमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको दर्ता ८ बजेबाट सुरु हुँदै छ । दर्ता सकिएपछि १० बजेबाट बन्दसत्र हुनेछ ।

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो ।

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।