काठमाडौं - छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो ।

रास्वपाका २० जना नेताहरू आइतबार चीन भ्रमणमा जाँदै छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना सांसद चीन जान लागेका हुन् ।

चिन जानु अगाडि उनीहरूले प्रधानमन्त्री बालेनसँग भेटेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा सांसदहरूको प्रतिनिधिमण्डल आगामी आइतबार चीन प्रस्थान गर्नेछ । उक्त भ्रमणको समयावधि ११ दिनको रहेको छ ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन् ।

चिन भ्रमणमा निस्कनुअगाडि सांसदहरूको टोलीले प्रधानमन्त्री बालेनसँग छलफल गरेको हो ।