पोखरा - पोखरा महानगरपालिका– १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ ।

आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ  ।

महिलाको शव दाउरा काट्न जादा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए । स्थानीयको भनाइ अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

मृतकको पहिचान भने भएको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिएका छन् ।