राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०९-२२ ०७:२७ मा प्रकाशित
Total Shares: 37
काठमाडौंं - नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुनेछ ।
माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस