भक्तपुरमा परालले छोपिएको अवस्थामा अर्धनग्न महिलाको शव फेला
खबर एक्सप्रेस
२०७८-११-२४ ११:५९ मा प्रकाशित
Total Shares: 173
काठमाडौं - भक्तपुरमा एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तरकारी खेती हुँदै आएको जग्गामा बनाइएको टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा अर्धनग्न महिलाको शव फेला परेको हो । महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट र शरिरको अन्य भागहरूमा पनि चोटहरू देखिएको छ । मृतक महिलाको नाम ठेगाना खुल्न सकेकाे छैन ।
हाल घटनास्थल प्रकृति तथा शवकाे जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस