काठमाडौं - ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
विहान झिसमिसेमै बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल रेलिङमा ठोक्किदा चालक काठमाडौं लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाईते भएका दुबै जनालाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको र उपचार सुरु नगर्दै उनीहरुको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

.gif)



