जेन–जी परिषद् गठन गर्ने सरकारकाे निर्णय
खबर एक्सप्रेस
२०८२-११-१२ ०६:२७ मा प्रकाशित
Total Shares: 33
काठमाडौं - सरकारले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेकाे छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी परिषद् गठन गर्ने निर्णय गरेको हो।
जेन–जी आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारमाथि उनीहरुको माग सम्बोधनका लागि ठोस निर्णय लिन नसकेको भन्दै आलोचना हुँदै आएको छ।
त्यसैगरी सरकारले विमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा लगाउने जिम्मेवारी जिल्ला अदालतलाई दिने निर्णय पनि गरेको सरकार प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस